अलिपुरद्वार: बीरपाडा थानाको पुलिसले बन्दुक सहित एक व्यक्तिलाई पक्राउ गरेको छ। मंगलबार आरोपीलाई अलीपुरद्वार अदालतमा पठाइएको थियो। गएराति वीरपाडा पावर ग्रिड क्षेत्रमा एक व्यक्तिले बन्दुक देखाएर मानिसहरूलाई डराएको सूचना पुलिसले पाएको थियो। घटनास्थलमा पुगेर बीरपाडा थाना रामजोरा बस्ने सर्फराज आलमलाई पक्राउ गरी उनको साथबाट एक थान पेस्तोल र एक थान देशी कारतूस बरामद भएको थियो।

अभियुक्तलाई आज अलिपुरद्वार अदालतमा पेश गरियो। पुलिसले घटनाको अनुसन्धान गरिरहेको छ।