लागुऔषध कारोबारी पक्रन कारबाही

IMG-20240429-WA0018

झापा (नेपाल): झापा जिल्लाको सीमावर्ती झापा गाउँपालिकामा लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा पुलिसले गोली चलाएको छ। पुलिसको गोली लागेर एकजना घाइते भएका छन्। उनलाई २ गोली लागेको बताइएको छ। आज (सोमबार) साँझ ६ बजेको समयमा झापा गाउँपालिका वार्ड नम्बर ३ कामाटोली बजारस्थित अक्कलबहादुर विश्वकर्माको घरको तेस्रो तल्लामा लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला पुलिस कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट पुलिस खटिएको थियो। संयुक्त पुलिसको टोलीले झापा गाउँपालिका ४ स्थित खैरबारी बस्ने २५ वर्षीय सरिफुल आलमलाई नियन्त्रणमा लिन खोज्दा उनले आफ्नो साथमा रहेको दाउ र खुकुरीबाट पुलिसमाथि आक्रमण गर्न खोजेका थिए। प्रतिरक्षास्वरुप पुलिसले गोली चलाउँदा उनको देब्रे खुट्टाको तिघ्रा र पिँडुलामा २ राउण्ड गोली लागेको थियो। घाइते भएका मियालाई नियन्त्रणमा लिने क्रममा उनको साथबाट ११६ ग्राम ६० मिलिग्राम ब्राउनसुगर, एउटा दाउ र एउटा खुकुरी बरामद भएको पुलिसले जनाएको छ। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाई घटना सम्बन्धमा थप अनुसन्धान जारी रहेको जिल्ला पुलिस कार्यालय झापाका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताएका छन्। कारोबारी भारतीय नागरिक रहेको बताइएको छl

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *