काेलकाता: राजस्थानमा चुनाउ सम्पन्न भएपछि राज्यका मुख्यमन्त्री भजनलाल शर्मा पश्चिम बंगाल पुगेका छन्। सोमवार उनले हुगली जिल्लाको उत्तरपाड़ामा एउटा रोड शो गरे। यसमा भारी संख्यामा मानिसहरू पुगेका थिए। रोड शो- मा सड़कहरूका दुवैतिर भारी संख्यामा मानिसहरू खड़ा थिए।
रोड शो समाप्त भएपछि भजनलाल शर्माले मीडियालाई भने, पश्चिम बंगालमा महिलाहरूमाथि अत्याचार चरममा छ। सन्देशखालीमा जे भयो, त्यसलाई पूरा देशले देखेको छ। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले कारबाही गर्नका साटो अपराधीहरूलाई बचाइरहेकी छऩ् किनभने उनीहरू अल्पसंख्यक समुदायका हुन् र ममताले आफ्नो भोट ब्याङ्क गुमाउन चाँहदिनन्। बंगालका जनताले यहाँ सत्ता परिवर्तन गर्ने ठानीसकेका छन्।
राज्यमा भाजपाले ४२ सीटमध्ये कम्तीमा ३५ सीट जित्नेछ, उनले भने। उनले रोड शो- मा जमा भएको भारी भीड़लाई देखेर भने, जुन प्रकार भारी संख्यामा यहाँ मानिसहरू जमा भएका छन्, त्यो बंगालमा परिवर्तनको संकेत हो।










