गोरुबथान- हिमालयन फरेष्ट भिलेजर्स अर्गानाइजेसनको नेउरा क्षेत्रको नेउरा रेन्ज डेभलपमेन्ट कमिटीको पदाधिकारीगण तथा नेउरा क्षेत्रका १० वटा बन-बस्तीका प्रतिनिधिहरूले नेउरा रेन्जका रेन्ज म्यानेजर बिकास दर्जीसित भेट गरे। नेउरा रेन्ज डेभलपमेन्ट कमिटी गठन भइसकेपछि नेउरा रेन्जका म्यानेजर र बिट अफिसरसितको भेटघाट कार्यक्रम आज रहेको थियो। यस भेटघाटको क्रममा नयाँ कमिटीले रेन्ज अफिसरसित चिनापर्ची गरे। यसै क्रममा बन-बस्तीका केही समस्याहरूबारे चर्चा परिचर्चा पनि गरियो। रेन्ज अफिसर बिकास दर्जीले आफुबाट हुन सक्ने सहयोग गरिदिने वचन दिएका छन्। आजको यस भेटघाटको टोलीमा नेउरा रेन्ज डेभलपमेन्ट कमिटीका सभापति बिजय खवास, सचिव सुदेस तामाङ लगायत दसवटा बन-बस्तीका प्रतिनिधिहरू रहेका थिए भनी सदस्य आशकुमार तामाङले जानकारी गराएका छन्।