१९ लिटर अवैध मदिरासहित एक जना पक्राउ

IMG-20240429-WA0206.jpg

वीरभुम (राजनगर): राजनगरमा १९ लिटर अवैध मदिरासहित एक जनालाई पुलिसले पक्राउ गरेको छ। स्रोतका अनुसार सोमबार बिहान ७ बजे राजनगर पुलोस थाना अन्तर्गतको बाबुपुर नाका नाकाबाट १९ लिटर अवैध मदिरासहित एक जनालाई राजनगर पुलिसले पक्राउ गरेको हो। उक्त व्यक्ति झारखण्डको घाट परुलिया गाउँबाट साइकलमा राजनगरतर्फ आउँदै गरेको बताइएको छ। राजनगर थानाका ओसी देवाशिष पण्डितको आदेशमा राजनगर थानाका एएसआई सुनिल मुर्मुले १९ लिटर अवैध मदिरा बरामद गरी उक्त व्यक्तिलाई पक्राउ गरेको हो। पुलिसले अवैध मदिरा बरामद गरी एक व्यक्तिलाई पक्राउ गरेको छ। सोमबार बिहान करिब १०ः३० बजे राजनगर थानाले युवकलाई पक्राउ गरी सिउरी अदालतमा पठाएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement