कोलकाता: शिक्षा अनुरागी एक्य मञ्च संयुक्त संघ (एसयूए) द्वारा आज सुबोध मल्लिक स्क्वायरदेखि धर्मतलासम्म विरोध र्याली निकालिएको छ। संगठनको तर्फबाट आफ्ना मागहरूका सम्बन्धमा मुख्य सचिव एसएससी र केन्द्रीय शिक्षा परिषदलाई ज्ञापनपत्र दिइएको छ। मोर्चामा शिक्षा अनुरागी मञ्चका प्रदेश सचिव किङ्कर अधिकारीको उपस्थिति रहेको थियो।