नाम्ची: नाम्चीस्थित जिल्ला प्रशासनिक केन्द्रमा आज नाम्ची जिल्लाका विभिन्न राजनीतिक दलका उम्मेदवारहरुको एजेन्टहरुसँग बैठक सम्पन्न भयो। यसको अध्यक्षता जिल्ला चुनाउ अधिकारी तथा जिल्लापाल अन्नपूर्णा आलेले गरेकी थिइन्। बैठक इलेक्ट्रोनिकली ट्रान्समिटेड पोस्टल ब्यालेट प्रणाली मार्फत प्राप्त मतपत्र सङ्कलन गर्ने सम्बन्धमा थियो। बैठकमा सम्बन्धित विधानसभा निर्वाचन क्षेत्रका निर्वाचन अधिकृत, नोडल अफिसर ईटीपीबीएस र अन्य निर्वाचन अधिकृतहरुको उपस्थिति रहेको थियो। बैठकको क्रममा, नोडल अधिकारीले पोस्टल कार्यालयबाट प्राप्त मतदान डाटा अपडेटबारे जानकारी दिइयो। जसमा नाम्ची जिल्लाका लागि जम्मा २६५ पोस्टल मतपत्रहरू हालसम्म आएको जान कारी दिएको छ। पोस्टल बक्सहरू सुरक्षित रूपमा राखिएको र भारतीय निर्वाचन आयोगको निर्देशन अनुसार मतगणनाको दिन छुट्टै मतगणना गरिने जानकारी दिए।