मंगन: हाल राज्यको सबै जिल्लाहरूमा विश्व चिकित्सा दिवसको अवसरमा जिल्लास्तरीय बाछो ऱ्यालीको आयोजना भइरहेको छ। यसै क्रममा आज मंगन जिल्लाको सामुदायिक भवनमा पनि बाछो ऱ्याली आयोजना गरियो। राज्यको पशुपाल,पशु चिकित्सा सेवा विभागको संयुक्त पहलमा आयोजित बाछो ऱ्यालीमा कूल ३० वटा बाछोहरू ऱ्यालीको निम्ति ल्याइएको थियो। आज ऱ्यालीमा ल्याइको बाछोहरू प्राय ३-८ महिनाको रहेको थियो। यस कार्यक्रम आयोजना गरिनुको प्रमुख लक्ष्य र उद्देश्य गाई बस्तुमा लाग्ने विभिन्न रोगहरूबारे कृषकहरूलाई सचेतना गराउनु रहेको थियो। गाई बस्तुमा लाग्ने विभिन्न रोगहरू जस्तै ब्रुसिलोसिस, पेस्ट डेस रुनिनेन्ट, क्लासिकल स्विन फिभर आदि रहेका छन्। आजको यस कार्यक्रममा मंगन जिल्लका जिल्लापाल हेम कुमार छेत्री मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। आफ्नो सम्बोधनमा जिल्लापाल छेत्रीले सर्वप्रथम भेटरेनीहरूद्वारा निर्वाह गरिएको आफ्नो दायित्व प्रति कृतज्ञता प्रकट गरे। विशेष गरे विभागका अधिकारीहरूको यस प्रकारको भूमिका गाई बस्तुको कल्याण हेतु रहेको बताए। उनले कृषकहरुको सहभागिता र सहयोगका लागि धन्यवाद दिँदै डेयरी खेतीमा जीविकोपार्जनको सीमाबारे पनि बताए। उनले राज्य सरकारले उपलब्ध गराएको सुविधाको सदुपयोग गर्न आग्रह गर्दै जिल्लाका पदाधिकारीहरु सबै प्रकारको सहयोग गर्न सदैव कटिबद्ध रहेको जानकारी गराए। यसै क्रममा विभागकी संयुक्त निर्देशक दिक्षेन कल्योणले पनि सम्बोधन गरेकी थिइन् भने कार्यक्रममा उत्कृष्ट तीन वटा राम्रो प्रजनन र स्वास्थ बाछोलाई पदक साथै प्रमाण पत्र प्रदान गरियो। यसरी नै कार्यक्रममा सहभागीहरू सबैलाई सान्तवना पुरस्कार पनि प्रदान गरिएको जानकारी गराइएको छ।