नाम्चीमा प्रि मनसुन तयारीलाई लिएर सभा सम्पन्न

IMG-20240429-WA0219.jpg

नाम्ची: नाम्ची जिल्लाकी जिल्लापाल एवम जिल्ला आपदा प्रबन्धन प्राधिकरणकी अध्यक्ष अन्नपूर्ण आलेको अध्यक्षतामा प्रि मनसुन लिएर एक तयारी सभा सम्पन्न भयो। नाम्ची जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा सम्पन्न भएको सभामा पुलिस वरिष्ठ अध्यक्ष टीएन ग्याछो, अतिरिक्त जिल्लापाल सुबास घिमिमे, महकुमा अधिकारी गोपाल कुमार छेत्री लगायतअन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। उक्त सभामा लाइन विभागहरूको समग्र तयारीबारे अधिकारीहरूको माध्यमद्वारा जानकारी लिए। उनले आपदा नियन्त्रणका लागि उपयुक्त योजना तर्जुमा र कार्यन्वयन गर्न अधिकारीहरूलाई सुझाव दिँदै वर्षायाममा हुन सक्ने प्राकृतिक प्रकोपबाट बाँच्नका लागि आवश्यक उपायहरू अवलम्बन गर्न पनि सुझाउ दिए।

यसै क्रममा अतिरिक्त जिल्लापालले घरेलु जीविकोपार्जनमा हुने कुनै पनि प्रकारको क्षतिको संरक्षण र रोकथाम गर्न विशेष गरी मनसुनको समयमा निम्न जोखिम क्षेत्रको पहिचान र खाली गर्नमा जोड दिए। उनले कुनै पनि प्रकारको सडक अवरुद्ध हुनबाट जोगिन र आपत्कालीन वा अप्रत्याशित विपद्को समयमा सुरक्षाको ख्याल राख्ने र वैकल्पिक मार्ग निर्माण गर्न आवश्यक रहेको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement