करेन्टको चपेटमा परेर एक व्यक्तिको मृत्यु

गान्तोक: पाकिम जिल्लाको पाचेखोला छेउ, रोड़ाथाङमा करेन्टको चपेटमा परेर एक व्यक्तिको मृत्यु भएको छ। मृतकको नाम ४८ वर्षीय बेनेडिक राई बताइएको छ। पुलिस रिपोर्ट अनुसार, घटनाको जानकारी मृतकको ठूलो दाजु फिलीप राईले दिए। मृतक बेनेडिक राई कास्योङ, कालेबुङबाट रम्फू खोला पार गरेर रोड़ाथाङ गइरहेका थिए। पाचेखोला छेउमा ११ केवी बिजुलीको तारको चपेटमा परेर उनको मृत्यु भयो। पुलिसले मामिला दर्ता गरि जॉंच शुरू गरेको छ।

About Author

Advertisement