चीन-तिब्बत:  समस्याको समाधान वार्ताबाट खोज्न आहवान

image-1

नयाँ दिल्ली: बेइजिङले दलाई लामाका प्रतिनिधिहरूसँग मात्र वार्ता गर्ने बताएको केही दिनपछि केन्द्रीय तिब्बत प्रशासन (सीटीए)ले चीनसँग दशकौं लामो तिब्बत द्वन्द्वको समाधान वार्ताबाट खोज्न आह्वान गरेको छ। गत हप्ता, सिक्योङ वा तिब्बतको निर्वासित सरकार (सीटीए) का राजनीतिक प्रमुख पेनपा छिरिङले तिब्बत मुद्दाको समाधान खोज्न बेइजिङसँग ब्याक च्यानल वार्ता शुरु गरेको बताएl  अनौपचारिक वार्ताबाट तत्काल कुनै प्रगति हुने अपेक्षा गरिएको छैनl पेनपा छिरिङको भनाइपछि चीनले शुक्रबार मात्रै भारतमा रहेका निर्वासित तिब्बत सरकारका अधिकारीहरूसँग नभएर केवल दलाई लामाका प्रतिनिधिहरूसँग वार्ता गर्ने बताएको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले पनि दलाई लामाको तिब्बतको स्वायत्तताको लामो समयदेखि विचाराधीन मागलाई अस्वीकार गरेl चीनको प्रतिक्रियापछि सीटीएका प्रवक्ता तेन्जिन लेक्शेले केन्द्रीय तिब्बती प्रशासनको मध्यमार्ग नीतिको ढाँचाभित्र तिब्बती जनताको लागि वास्तविक स्वायत्तता खोजेको बताए। चिनियाँ संविधान र लामो समयदेखि विचाराधीन मुद्दाको समाधान दुवै पक्षका लागि फाइदाजनक हुनेछ। ‘केन्द्रीय तिब्बती प्रशासनको मध्य मार्ग नीति चिनियाँ संविधान र चीनको क्षेत्रीय राष्ट्रिय स्वायत्तता कानूनको ढाँचा भित्र तिब्बती जनताको लागि वास्तविक स्वायत्तता खोज्नु हो’, उनले भनेl

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement