दिउँसै महिलाको घाँटीबाट सुनको हार लुटेको घटनाले सनसनी!

IMG-20240429-WA0199.jpg

जलपाईगुडी: एक महिलाको सुनको हार लुट्ने घटनाले जलपाईगुडी शहरमा सनसनी मच्चाएको छ। यो घटनापछि सुरक्षामा पुलिसको भूमिकामाथि प्रश्न उठेको छ। जानकारी अनुसार सोमबार साँझ करिब ६० वर्षीय जोस्ना देवनाथ नामकी महिला जलपाईगुडी अस्पताल छेउबाट पवित्रपाडा तर्फ छोरीको घर जाँदै थिइन्। जलपाईगुडी नेताजीपाडा नजिकै एलआईसीको गेट नजिकै अचानक एक युवक मोटरसाइकलमा आएर महिलाको घाँटीबाट हार खोसेर भागेका थिए। जलपाईगुडी शहरमा यस्ता घटना बारम्बार हुने गरेका छन्। यस सम्बन्धमा प्रशासनको भूमिकामाथि विभिन्न क्षेत्रमा प्रश्न उठिरहेको छ। शहरमा आवतजावतमा मानिसहरु असुरक्षाको सामना गरिरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement