भाजपा मण्डल अध्यक्षमाथि हमलाको आरोपमा दुई जना पक्राउ

photocollage_2024429161551321-copy

सिलगढी: मतिगढा ब्लकको खोलाईभक्त गाउँमा भाजपा युवा अध्यक्ष नन्दकिशोर ठाकुर र उनको परिवार साथै अन्य भाजपा समर्थकहरूमाथि हमलाको सम्बन्धमा मतिगढा थानाको पुलिसले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेका दुई जनाको नाम नितिश सिंह र अब्दुल अलि बताइएको छ। आइतबार राति भाजपा मण्डल अध्यक्ष र उनको परिवारलाई कुटपिट गरिएको आरोप छ। यसको आरोप तृणमूल कांग्रेसमाथि लगाइएको छl यसको विरोधमा भाजपाका नेता, कार्यकर्ता र समर्थकहरूले मध्यरातमा पुलिस चौकी अघि विरोध प्रदर्शन गरेl यसबाहेक भाजपाले सोमबार १२ घण्टाको बन्दको आह्वान गर्यो। घटनापछि सो क्षेत्रमा हंगामा मच्चियो। यद्यपि, तृणमूल कांग्रेस नेतृत्वले यस हमलाको आरोप अस्वीकार गरेको छ।c

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement