गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङकाे केन्द्रिय मन्त्री किरेन रिजिजुसॅंग नयॉं दिल्लीको इन्दिरा गॉंधी अन्तरराष्ट्रिय हवाई अड्डामा भेट भएको, मुख्यमन्त्रीले आज आफ्नो आधिकारिक फेसबुक पेजमार्फत जानकारी दिएका छन्। उनले रिजिजुसॅंग भेट भएकोमा खुशी व्यक्त गरेका छन्।
उल्लेखनीय छ, मुख्यमन्त्री तामाङले आफ्नो दिल्ली भ्रमणको क्रममा सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यसॅंग सिक्किम हाउसमा भेट गरेका थिए। यसैगरी, उनले सिक्किम हाउसका कर्मचारीहरूको निम्ति भोजन बनाएर खुवाएको भिडियो पनि सार्वजनिक भएको छ।