इलाम २ मा एकिकृत मालेको अग्रता कायमै, सुहाङले कटाए १६ हजार मत

IMG-20240429-WA0015

 झापा: प्रतिनिधिसभा अन्तरगत इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना जारी छ। ३९ हजार ४२५ मत गन्दा नेपाल कम्युनिष्ट पार्टी एकिकृत मालेका सुहाङ नेम्वाङले ५ हजार ६६२ मतको फराकिलो अग्रता बनाएका छन्। नेम्वाङले १६ हजार २१९ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १० हजार ५५७ मत ल्याएका छन्। स्वतन्त्र उम्मेदवार ८ हजार ८२५ मत ल्याएका छन् भने रास्वापाका उम्मेदवार मिलनकुमार योङयाङ लिम्बुले २ हजार ६४५ मत ल्याएर चौथो स्थान कायम गरेका छन्। मत गणना अझै जारी छl

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *