भोजपुरमा बोलेरो दुर्घटना हुँदा मृत्यु हुने दुई र  १२ जना घाइते

IMG-20240429-WA0013

झापा: पूर्वीनेपालको पहाडी जिल्ला भोजपुरको आमचोक गाउँपालिका–८ पारकुवामा सोमबार को १ ज २६१७ नम्बरको बोलेरो दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने १२ जना गम्भीर घाइते भएका छन्। आमचोकको बालङ्खाबाट पारकुवा गएको बोलेरो गन्तव्यमा पुगेपछि पार्किङ गर्न घुमाउने क्रममा आज बिहान दुर्घटना भएको हो। दुर्घटनामा आमचोक गाउँपालिका–१० पाङ्चाकी २५ वर्षीया रूना राईको घटनास्थलमै र आमचोक गाउँपालिका–१० कै २६ वर्षीया शान्ति राईको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको गाउँपालिकाका अध्यक्ष अशोक राईले बताए। घाइतेलाई उपचारका लागि धरानस्थित बीपी कोइराला मेमोरियल अस्प्तालमा पठाइएको राईले जानकारी दिए। घाइतेको अवस्था पनि गम्भीर रहेको तर विस्तृत विवरण भने आइनसकेको राईले जनाए। सो गाडीमा चालक सहित १४ जना सवार रहेको घटनास्थल पुगेकी गाउँपालिका उपाध्यक्ष सीता राईले बताइन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *