नेपालमा उत्पादन हुने ग्रिन हाइड्रोजन संसारकै सस्तो

IMG-20240429-WA0011

झापा: नेपालले जलविद्युतसँगै हाइड्रोजन, सोलार, विन्डजस्ता वैकल्पिक ऊर्जा उत्पादनमा जोड दिनुपर्ने सरोकारवालाले बताएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को आयोजनामा भृकुटीमण्डपमा बुधबारदेखि सुरु भएको ‘हिमालयन हाइड्रो एक्स्पो २०२४’ अन्तर्गत ‘पायोनियरिङ द क्लिन इनर्जी सिनर्जी’ विषयक सत्रमा बोल्दै वक्ताहरुले वैकल्पिक ऊर्जाको पनि प्रयोग बढाउँदै ऊर्जा मिश्रणमा जानुपर्नेमा जोड दिएका हुन्। ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जा निर्विकल्प रहेको उनीहरुको भनाइ छ। सत्रमा आफ्नो कार्यपत्र प्रस्तुत गर्दै काठमाडौं विश्वविद्यालयका प्रोफेसर एवम् हाइड्रोजन विज्ञ विराजसिंह थापाले सन् २०३० सम्म हाइड्रोजनको मूल्यमा ६२ प्रतिशतले कमी आउने र त्यसका लागि नेपाल आजैदेखि तयार हुनुपर्ने बताए। ‘सन् २०५० सम्म १३ ट्रिलिएन डलरको बजार हुँदैछ। यसमा नेपालको स्थान अन्य देशले बढी देखेको छ,’ हाइड्रोजनबारे कार्यपत्र प्रस्तुत गर्दै उनले भने, ‘नेपाल सबैभन्दा सस्तो हाइड्रोजन उत्पादन गर्ने देशमा पर्ने देखिएको इंग्ल्याण्डको एक अध्ययनले देखाएको छ। सोलार, विन्ड र हाइड्रोको मिश्रणबाट नेपालमा विश्वमै सबैभन्दा सस्तो हाइड्रोजन उत्पादन गर्न सकिन्छ। ’सन् २०४५ सम्म सरकारले कार्बन उत्सर्जन शून्य गर्ने भनेको छ।

सोही सत्रमा ‘सोलार पोटेन्सियल एन्ड इम्प्लिमेन्टिएसन अन मिक्स इनर्जी’ मा आफ्नो कार्यपत्र प्रस्तुत गर्दै इप्पान सदस्य कुबेरमणि नेपालले नेपालमा हालसम्म परम्परागत ऊर्जा ६० प्रतिशत रहेको र ऊर्जा खपतको ६० प्रतिशत हाम्रो घरायासी काममा प्रयोग भएको भन्दै यसलाई विस्थापनको राम्रो विकल्प सोलार रहेको बताए। यस्तै वैकल्पिक ऊर्जा प्रवर्द्धक कुशल गुरुङले अर्गानिक फोहोरलाई नमुना परीक्षणको रुपमा पोखरामा परीक्षण गरिरहेका बताए। नेपालमा करिब ६० प्रतिशत कुहिने फोहोर निस्किने गरेको र त्यसको २० प्रतिशत मात्रै प्रयोग गरे पनि २५ लाख टन अर्गानिक मल उत्पादन गर्न सकिने गुरुङले बताएl

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *