काठमाडौं भ्यालीको सबैभन्दा ठूलो मातातीर्थ सबस्टेसनको उद्घाटन

IMG-20240429-WA0000

झापा: काठमाडौं  भ्यालीको सबैभन्दा ठूलो मातातीर्थ सबस्टेसन र मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइनको उद्घाटन हुँदैछ। काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा दिउँसो तीन बजे आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबस्टेसन र प्रसारण लाइन उद्घाटन गर्न लागेको हो। त्रिशूली र मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाहरुको विद्युत् काठमाडौं उपत्यकामा आपूर्ति गर्न र देशभित्रको एकीकृत विद्युत् प्रणालीलाई सुदृढ बनाउने मातातीर्थ २२०/१३२ केभी सबस्टेसन निर्माण गरिएको हो।

सबस्टेसनको क्षमता ३२० एमभीए छ। काठमाडौं भ्यालीमा विद्युत् आपूर्तिका लागि मातातीर्थ सबैभन्दा ठूलो सबस्टेसन हब रहेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।  मर्स्याङ्दी नदीजलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौं भ्यालीमा ल्याउन तनहुँको आँबुखैरनीस्थित मार्कीचोक सबस्टेसनबाट काठमाडौंसम्मको मर्स्याङ्दी–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको हो। आयोजना अन्तर्गत नै मार्कीचोकमा २२०/१३२ केभी सबस्टेसन निर्माण अन्तिम चरणमा छ। त्रिशूली नदीजलाधार क्षेत्रका जलविद्युत आयोजनाहरुको विद्युत काठमाडौं उपत्यकामा ल्याउन त्रिशूली–काठमाडौं २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न गरी १३२ केभीमा सञ्चालनमा ल्याइएको छ।

मस्याङ्दी–काठमाडौं र त्रिशूली–काठमाडौं प्रसारण लाइनलाई बाडभञ्ज्याङमा एक आपसमा आवद्ध गरी मल्टिसर्किट लाइनमार्फत मातातीर्थ सबस्टेसनमा समाहित गरिएको छ। प्रसारण लाइनबाट करिब २ हजार मेगावाट विद्युत काठमाडौं भ्यालीमा छिर्नसक्छ। मर्स्याङ्दी र त्रिशूलीबाट काठमाडौं उपत्यकामा भित्रिएको विद्युत्लाई मातातीर्थ सबस्टेसनबाट १३२ केभीमार्फत स्युचाटार, चोभारलगायतका क्षेत्र र स्थानीय रुपमा आपूर्ति हुनेछ। मातातीर्थबाट विद्युत्लाई १३२ केभी प्रसारण लाइनमार्फत हेटौंडातर्फसमेत प्रवाह गर्न सकिने छ। आयोजनाको अनुमानित लागत साढे ६ अर्ब रुपियाँ रहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *