भाजपा सांसद देबश्री चौधरीद्वारा पुलिस चौकी अगाडि विरोध प्रदर्शन

IMG-20240429-WA0163

कोलकाता: मण्डल भाजपा सभाकी नेतृ सरस्वती सरकारमाथि भएको हमलाको विरोधमा सांसद देवश्री चौधरीले आइतबार रातिसम्म आनन्दपुर पुलिस चौकी अगाडि विरोध प्रदर्शन गरिन्। उनले सरस्वती सरकारमाथि हमला गर्ने आरोपीलाई जतिसक्दो चाँडो पक्राउ गर्न माग गर्दै आनन्दपुर थानामा सुशान्त घोषसहित धेरैजनाविरुद्ध एफआइआर दर्ता भएको बताइन्। तर ओसीले आरोपितलाई पक्राउ नगरेको भन्दै उनले राज्यमा महिलामाथि हुने अत्याचार बढेको आरोप लगाइन्l उनले भनिन्, ‘वर्तमान सरकारलाई सत्ताबाट बाहिर निकाल्न अब सर्वसाधारण सचेत हुनुपर्छl’ उनले आफ्ना समर्थकसहित पुलिस चौकी अगाडि विरोध प्रदर्शन गर्दै आरोपीलाई छिटोभन्दा छिटो पक्राउ नगरे सशक्त आन्दोलन गर्ने चेतावनी दिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement