जलपाईगुडी: आइतबार साँझ करिब ५ः३० बजे सडक दुर्घटनामा टोटो चालकको मृत्यु भएको हो। साँझ असम जंक्शन नजिकैको इलाकामा एउटा सानो कार अनियन्त्रित भई अगाडिबाट गुडिरहेको टोटोसँग ठोक्कियो, जसका कारण टोटो चालक गम्भीर घाइते भएका थिए। उनलाई तत्कालै उद्धार गरी मैनागुरी ग्रामीण अस्पताल पुर्याइए पनि त्यहाँका डाक्टरले उनलाई मृत घोषणा गरेका थिए। मृतक टोटो चालकको घर मैनागुडी रोड छेउछाउमा रहेको बताइएको छ। यद्यपि उनको नाम भने अहिलेसम्म खुल्न सकेको छैन। यता, घटनापछि कार चालक गाडी छाडेर घटनास्थलबाट भागेका छन्। घटनास्थलबाट पुलिसले दुर्घटनाग्रस्त टोटो र सानो कार बरामद गरी पुलिस थानामा ल्याएको छ।