सिलगढी: आज भाजपा युवा अध्यक्ष नन्दकिशोर ठाकुर र उनको परिवार अनि अन्य भाजपा समर्थकहरू माथि मतिगढा ब्लकको खोलाईभक्त गाउँमा भएको हमलाको विरोधमा भाजपाले कडा विरोध गरेको छ। राष्ट्रिय राजमार्ग नम्बर ३१ अवरुद्ध गर्नका साथै मतिगढा पुलिस चौकी अगाडि भाजपाका समर्थकहरूले टायर बालेर विरोध प्रदर्शन गरे। चुनावपछि सिलगढी विभागमा अशान्ति सृजना भएको छ। घटनामा दुई महिलासहित ६ जना गम्भीर घाइते भएका छन्।

भाजपा मण्डल अध्यक्ष र उनको परिवारमाथि कुटपिट भएको आरोप भाजपाले राज्यको सत्तारुढ दलमाथि लगाएको छl विरोधमा भाजपाका नेता, कार्यकर्ता र समर्थकहरूले मध्यरातमा पुलिस चौकी घेराउ गरेर विरोध प्रदर्शन गर्न गरे। यसबाहेक भाजपाले सोमबार १२ घण्टाको बन्दको आह्वान गरेको छ। यद्यपि, तृणमूल कांग्रेसको नेतृत्वले आक्रमणको आरोपलाई अस्वीकार गरेको छl यो घटना सिलगढीसँग जोडिएको मतिगढा ब्लकको खोलाईभक्त गाउँमा भएको बताइएको छ। खोलाईभक्त गाउँका भाजपा बुथ अध्यक्ष नन्दकिशोर ठाकुर र उनको परिवारलाई आइतबार राति क्षेत्रका तृणमूल कांग्रेस कार्यकर्ताहरूले आक्रमण गरेको आरोप भाजपाले लगाएको छ।
