सिलगढी: सिलगढी मतिगढा भारतीय जनता पार्टी (भाजपा) का युवा अध्यक्ष र उनका परिवारमाथि भएको हमला भएको भन्दै विश्व हिन्दू परिषदले कडा शब्दमा निन्दा गरेको छ। २८ अप्रेलको बिहान मोहम्मद अब्दुल अलिको नेतृत्वमा सिलगढीको मतिगढा थाना क्षेत्रको तुलसी नगरमा जय श्री रामको नारा लगाएकोमा धम्की दिएको आरोप लगाइएको छ। त्यसपछि साँझ ६:३० बजे उनीमाथि हमला गरेको पनि आरोप लगाइएको छ। यस घटनामा राजेशकुमार यादव, मनोज पासवान, नन्दकिशोर ठाकुर, सञ्जय पासवान र उनीहरुका परिवारका महिलाहरु गम्भीर घाइते भएको बताइएको छ। विश्व हिन्दू परिषदले यस हमलाको चर्को विरोध गर्दै दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न पुलिस प्रशासनसँग माग गरेको छ। यसलाई लिएर भाजपाले मतिगढा क्षेत्रमा बन्दको आह्वान गरेको छ।