चोटग्रस्त वार्नर र ईशान्त कम्तीमा एक हप्ता नखेल्ने

IMG-20240428-WA0203.jpg

नयाँ दिल्ली: दिल्ली क्यापिटल्सका अनुभवी ओपनिंग ब्याटर डेविड वार्नर र पेस बलर ईशान्त शर्मा अझ केही दिन मैदानबाट बाहिर रहनेछन्। चोट निको नभएको हुनाले यी दुईजनालाई फिट हुन अझ एक हप्ता समय लाग्ने सम्भावना छ। मुम्बई इण्डियन्स विरुद्ध १० रनले जीत हासिल गरेपछि दिल्ली क्यापिटल्सका सहायक प्रशिक्षक प्रवीण आमरेले भने, वार्नर सम्पूर्ण रूपले फिट हुन एक हप्ता समय लाग्न सक्छ। ईशान्तलाई पनि त्यति नै समय लाग्न सक्छ। ईशान्तको ढाड़मा चोट रहेको छ, जुन दुई म्याच अघि लागेको थियो। वार्नरको हातमा चोट रहेको छ, जुन अहिलेसम्म निको भएको छैन। एमआरआई रिपोर्टमा उनको चोटबारे पत्तो लागेको छ अनि उनले दुईदेखि तीन हप्ता आराम गर्ने आवश्यकता छ। मेरो विचारमा हामी दिल्ली फर्किएपछि चाहिँ उनी चयनको निम्ति उपलब्ध हुनेछन्। यसरी ओपनर पृथ्वी सावबारे उनले भने, हामी मैदानमा पुग्दा पृथ्वीले असल अनुभव गरिरहेका थिएनन्। यसैकारण हामीले अभिषेक पोरेललाई ओपनिंग गराउने फसेला गौँ। आईपीएलमा दिल्ली क्यापिटल्सको अघिल्लो म्याच २९ अप्रेलमा कलकत्तामा कलकत्ता नाइट राइडर्स विरुद्ध रहेको छ। त्यसपछि टीमले दिल्ली फर्किएर सात मईमा राजस्थान रोयल्सको चुनौती स्वीकार्नेछ। रिषभ पन्तको कप्तानीमा दिल्ली क्यापिटल्सले आफ्नो गत पाँचवटा म्याचमा चारवटा जितेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *