सिलगढी: सिलगढी महानगरपालिकाको वार्ड नम्बर ४५ अन्तर्गत बाघजातिन कालोनीको पार्वती घाट महानंदा नदीमा नवजात शिशुको लाश फेला परेपछि क्षेत्रमा सनसनी मच्चिएको छ। आज साँझ मैदानमा खेलिरहेका बालबालिकाले उक्त नवजात शिशुको लाश देखेको बताइएको छ। यसपछि पुलिसलाई घटनाबारे जानकारी गराइएको थियो। खबर प्राप्त हुनासाथ प्रधान नगर थानाको पुलिस घटनास्थलमा पुगेर शव बरामद गरी सिलगढी जिल्ला अस्पतालमा पठाएको थियो। यसै क्रममा स्थानीयले घटनाप्रति आक्रोश व्यक्त गरेका छन्। स्रोतबाट प्राप्त जानकारीका अनुसार नवजात शिशुको शव अन्यत्र फ्याँकिएको र खोलामा बगेर यहाँसम्म पुगेको हुनसक्छ। पुलिसले सम्पूर्ण घटनाको अनुसन्धान गरिरहेको छ।