मुख्यमन्त्री उम्मेदवार गणेश राईको अध्यक्षतामा सिटिजन एक्सन पार्टीकाएकाे समन्वय सभा

n604154488171432197306732564088cfa279ce694324adf863a4090bf95632d7bc48e7238e984cf0c133b0.jpg

गान्तोक: सिटिजन एक्सन पार्टीका मुख्यमन्त्री उम्मेदवार गणेश राईको अध्यक्षतामा आज मल्लीमा मल्ली निर्वाचन क्षेत्रका जनतालाई लिएर एक समन्वय सभाको आयोजना गरियो। कार्यक्रममा पार्टीका वरिष्ठ कार्यकर्ताहरूको उपस्थिति रहेको जानकारी प्रेस विज्ञप्तिमा दिइएको छ।

सभामा विगत चुनाउको विषयमा व्यापक छलफल गर्दै आगामी दिनको भावी रणनीति सन्दर्भ चर्चा परिचर्चा गरिएको बताइएको छ। पार्टीले चुनाउ अवधि मल्लीमा सत्तारूढ पार्टीद्वारा गरिएको अवहेलना औ दुर्व्यवहारमाथि पनि चिन्तन गरेको विज्ञप्तिमा उल्लेख छ।

सभामा आगामी दिनमा पनि एकजुट भएर पार्टीको नीति सिद्धान्तलाई जनजनसम्म पुऱ्याउन भोलिदेखिनै काम गर्ने प्रण गरेको बताइएको छ। सभालाई गणेश राई एवं पार्टीका अन्य नेताहरूले सम्बोधन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement