कविता – भागिरहेछ समय

Kavita
देवेन्द्र क्षेत्री, भद्रपुर झापा (नेपाल)

भागेको समयलाई कसरी रोकु,

बितेको पललाई कसरी मोडु,

परिवर्तनको लहर हो  जारी छ,

यो परिवर्तनलाई कसरी छोडु,

अब  रोकिनु हुन्न -सहज छैन,

सम्झनु यथार्थदेखि दूरसम्म

अब कुनै सम्बध छैन,

कसरी यी यादहरुलाई  भुलिदिउ,

कसरी त्यो ताजा हवाको झोकलाई,

स्वासबाट  निकालिदिउl

वर्तमान हाम्रो  लाचारी हो,

अतितको याद नै बस सुन्दर छ,

बाँच्नको लागि पनि 

परिवर्तन जरूरी छ,

आजको पल भोलि बितेर जानेछ,

खुशी सम्झनाको

एक हिस्सा बन्नेछ,

सत्य हो आज नै बाँच्नु पर्छ,

बितेको पललाई 

किताबको पन्ना सम्झ l

फर्केर हेर…

यो नै जीवनको त्यो अध्याय हो,

जसलाई हरेक एकलाई

सम्झनु पर्छ।l

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *