सिलगढी। सिलगढी प्रधान नगर थाना अन्तर्गत २ नम्बर वार्डमा मेला लागिरहेको छ। मेलामा गत राति अभियान चलाएर जुवा खेलाएको आरोपमा प्रधान नगर थाना पुलिसले तीनजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा दिलीप साह (५२), सञ्जीव साह (४२), मोनीकुमार राई (६२) सामेल छन्। उल्लेखनीय रहोस्, हाल सिलगढी मेट्रोपलिटन अन्तर्गत केही ठाउँमा मेलाको आयोजना भइरहेको छ। तर तीमध्ये कतिपय ठाउँमा मेलाको आडमा जुवा-तास खेलाइरहेको छ। मेला कमिटीको सहयोगमा नै अलग कोठा बनाएर जुवा खेलाइरहेको थाहा छ भन्ने कुरा थाहा पाएपछि यसबारे प्रधान नगर थानाका आईसी-को नेतृत्वमा गत राति मेलामा अभियान चलाएर तीनजनालाई गैरकानुनी रुपमा जुवाको अड्डा चलाएको आरोपमा पक्राउ गरेपछि आज तिनीहरूलाई पुलिसले सिलगढी अदालतमा पेश गऱ्यो।