सोनादा: दार्जिलिङ फुटबल सोसाईटीको आयोजना र टोली गञ्ज अग्रगामी क्लब कोलकोताको सहभागितामा दुई दिवसीय फुटबल खेलाड़ी चयन कार्यक्रम सम्पन्न भएको छ। २७ र २८ अप्रेलको दिन सम्पन्न फुटबल खेलाड़ी चयन कार्यक्रमको पहिलो दिन २७ अप्रेलमा लगभग १५० जना फुटबल खेलाड़ीहरूले भाग लिएका थिए भने दोस्रो दिन आज फाईनल चयन कार्यक्रम सम्पन्न भएको र सबै चयन गरिएको खेलाडीहरूको नामको सूची कोलकोता लगेर यस विषयमा चर्चा परिचर्चा गरेर चयन गरिएको खेलाड़ीहरूका नामको सूची दार्जिलिङ पठाउने भएको छ। यस विषयमा कोलकोताका टोली गञ्ज अग्रगामी क्लबको फुटबल कोज सुमन घोषालले यहाँ आएर खुशी लागेको र यहाँ धेरै सम्भावना रहेका खुटबल खेलाडीहरू रहेको बताएका छन्। उनले दार्जिलिङको फुटबल खेलाड़ीहरूमा धेरै सम्भावना रहेको र असल प्रशिक्षण दिन सके राम्रो हुने बताएका छन्। उनले हामीले यहाँ आएर धेरैजनालाई चयन गरेका छौं तर कतिजनालाई प्रशिक्षण टके लागि लानु पर्ने हो त्यो क्लबले नै निर्णय गर्ने बताएका छन्। उनले दार्जीलिङको फुटबल सोसाईटीले फुटबलको क्षेत्रमा राम्रो काम गरिरहेकोमा प्रशंसा पनि गरेका छन्।

त्यसरी नै दार्जिलिङ फुटबल सोसाईटीको सचिव लाक्पा शेर्पाले हामीले फुटबलको लागि साथै फुटबल खेलाड़ीहरूका लागि विभिन्न राम्रो क्लबहरूसित बातचीत गरिरहेका छौं र हाम्रो नानीहरूमा फुटबलप्रति राम्रो सम्भावना देखिएको छ र विभिन्न क्लबहरू दार्जिलिङ आएर चयन गरिरहेका छन् भनी बताएका छन्। उनले हामी चाहान्छौं दार्जीलिङमा फुटबलको गरिमा फर्केर आउनुपर्छ साथै यहाँको नानीहरूले फुटबलमा राम्रो राम्रो प्लेटफर्म पाउनुपर्छ जसको लागि हामी लगातार रूपमा कार्य गरिरहेका छौं भनी बताएका छन्।