समाजसेवी एंव शिक्षाविद हरिप्रसाद छेत्री स्मृति ग्रन्थ प्रकाशित गरिने

IMG-20240428-WA0185.jpg

तीनधारे: समाजसेवी, साहित्यकार, शिक्षाविद् एंव आध्यात्मिक चिन्तक हरिप्रसाद छेत्री स्मृति ग्रन्थ प्रकाशित गरिने भएको छ। खरसाङको तीनधारेमा उक्त विषयमा साहित्यकार एंव शिक्षक युवराज सुन्दास र हरिप्रसाद छेत्रीको सुपुत्र एंव तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीले उक्त हरिप्रसाद छेत्री स्मृति ग्रन्थ विषयमा जानकारी गराएका छन्। गत समय वरिष्ठ साहित्यकार एंव शिक्षाविद् हस्त नेचाली अभिनन्दन ग्रन्थ लोकार्पण समारोह सालबारीमा तीनधारेसित सम्बन्धित वरिष्ठ व्यक्तिहरूले तीनधारे क्षेत्रका समाजसेवी, शिक्षाविद एंव राष्ट्रीय शिक्षक सेवा पुरस्कार प्रापक हरिप्रसाद छेत्रीलाई श्रध्दाञ्जली अर्पण गर्दै हरिप्रसाद छेत्री स्मृति ग्रन्थ प्रकाशित गरिने भएको जानकारी प्राप्त भएको छ। उक्त हरिप्रसाद छेत्री स्मृति ग्रन्थको सम्पादन साहित्यकार एंव शिक्षक युवराज सुन्दासले गर्ने भएका छन् भने हरिप्रसाद छेत्रीको माइला सुपुत्र एंव तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीले प्रकाशित गर्ने भएको छ र यसको लागि हरिप्रसाद छेत्री स्मृति ग्रन्थ गुठी गठन गरेर ग्रन्थको लागि कार्य गरिने भएको जानकारी प्राप्त भएको छ। उक्त गुठी बनाउन अघि हरिप्रसाद छेत्री स्मृति ग्रन्थको लागि रचनाहरू संकलन गर्ने कार्य गरिने भएको छ। यस विषयमा पत्रकारहरूसित कुराकानी गर्दै युवराज सुन्दासले गत सालबारीमा भएको कार्यक्रममा वरिष्ठ नारी स्रष्टा विन्ध्या सुब्बाले हरिप्रसाद छेत्री विषयमा पनि केही गर्नु पर्ने सुझाव राखेपछि कुराकानी भएर हरिप्रसाद छेत्रीको योगदान र उनको विभिन्न कार्यहरूलाई लिएर हरिप्रसाद छेत्री स्मृति ग्रन्थ प्रकाशित गरिने भएको जानकारी गराएका छन्। उनले उक्त स्मृति ग्रन्थ प्रकाशनमा हरिप्रसाद छेत्रीको माईला सुपुत्र एंव तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीले सहयोग गर्ने भएकोले यस स्मृति ग्रन्थ प्रकाशनको कार्य शुरू गरिने भएको बताएका छन्। उनले हरि सर तीनधारे क्षेत्रका लागि मात्र होइन तर सम्पूर्ण पहाड़कै लागि गौरवको कुरा रहेको बताउँदै सरले सामाजिक, साहित्यिक, शैक्षिक, आध्यात्मिक क्षेत्रमा दिएको विशिष्ट योगदान र कार्यहरूलाई लिएर स्मृति ग्रन्थ प्रकाशित गरिने भएको बताएका छन्। सुन्दासले यसको लागि सुरुमा रचना संकलनको कार्य गरिने र हरिप्रसाद छेत्री स्मृति ग्रन्थ गुठी गठन गरेर कार्य गरिने भएको पनि बताएका छन्। त्यसरी नै हरिप्रसाद छेत्रीको सुपुत्र एंव सभासद नवराज छेत्रीले गत सालबारीमा हस्त नेचाली अभिनन्दन ग्रन्थ लोकार्पण समारोहमा विशिष्ट व्यक्तिहरूले सुझाव राखेपछि य कार्य गर्न अघि बढेको र यस कार्यको लागि साहित्यकार एंव शिक्षक युवराज सुन्दासको पहलप्रति आभार प्रकट गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement