खरसाङ: आज २८ नम्बर खरसाङ चिमनी देवराली समष्टिकमा लोकसभा चुनावबारे समीक्षा सभा सम्पन्न भएको छ। उक्त समीक्षा सभा पूर्व नगर पार्षदिका डोल्मा जिम्बाकाे अध्यक्षतामा अनि २८ नम्बर समष्टिको को-अर्डिनेटर एंव सभासद श्याम शेर्पाद्वारा सञ्चालन गरिएकाे थियो। सभाको प्रथममा समष्टीको सबै बुथकाे को-अर्डिनेटर र प्रतिनिधिहरुलाई समष्टिकाे तर्फबाट खदा लगाए धन्यवाद ज्ञापन गरिएको छ। सभामा समष्टिकाे सबै क्षेत्रकाे प्रतिनिधिहरुले आआफ्नो अनुभवहरु साझा गरेका थिए। सभामा यस समष्टीको वार्ड नम्बर १ बाट सञ्जय रावत र प्रतिमा लेप्चा, वार्ड नम्बर २ बाट सुरज छेत्री, वार्ड नम्बर ३ बाट लक्ष्मी शर्मा, वार्ड नम्बर बाट गोविन्द प्रधान अनि रजनी प्रधान, वार्ड नम्बर ५ बाट सन्तोष रसाइली, वार्ड नम्बर ६ बाट सानु शेर्पा, वार्ड नम्बर ७ बाट एसके प्रधान, वार्ड नम्बर 8 बाट सुवास राई, वार्ड नम्बर ९ बाट विमल मुखिया, वार्ड नम्बर १० बाट महिपाल खाती, मन्टीभिट चिया बगानबाट प्रेम बम्जन, चिमनी देवराली ग्राम पञ्चायत क्षेत्रबाट ललिता छेत्री आदिले आ-आफ्नो क्षेत्रकाे बुथकाे रिपोर्ट पेश गरेका थिए। सभामा विशेष समष्टि नारी शक्तिको अध्यक्षा सुष्मा मुखिया, खरसाङ महुकुमा नारी शक्ति अध्यक्षा सबिता कार्की, महकुमा सांगठनिक सचिव बलाराम छेत्री आदिले वक्तव्य राखेको थिए।अन्त्यमा सभाकाे अध्यक्षा डोल्मा जिम्बाले आफ्नो वक्तव्य राखेकी थिइन्।

यस समीक्षा सभाबारेमा सभासद श्याम शेर्पाले जानकारी गराए अनुसार २८ नम्बर खरसाङ चिमनी देवराली समष्टिकाे चुनावबारे समीक्षा गर्न सभा राखिएको साथै आ-आफ्नो बुथकाे रिपोर्टिङ राख्नकाे लागि गरिएको थियोे। यस समष्टीको जम्मा १९ वटा बुथहरूकाे रिपोर्टिङ अनुसार सबै सबै बुथमा नै भागोप्रमो समर्थित प्रार्थी गोपाल लामाले भारी मतले विजय गर्नेछ भनी विश्वास रहेको बताएका छन्। उनले चुनाव शान्तिपूर्ण वातावरणमा सम्पन्न भएकोमा ययको सम्पूर्ण श्रेय जीटीए चिफ् अनित थापालाई नै जान्छ कारण उनकाे प्रयासले नै पहाडमा शान्तिपूर्ण वातावरण रहेको छ भनी प्रचारप्रसार सदस्य भारती तामाङले जानकारी गराएका छन्।