भारत भ्रमण स्थगित पछि एलोन मस्क पुगे चीन

Elon-Musk-1-1

बेइजिङ: भारत भ्रमण स्थगित गरेपछि टेस्लाका मालिक एलोन मस्क आइतबार चीनको बेइजिङ पुगेका छन्। एक रिपोर्टका अनुसार, मस्कले यहाँका वरिष्ठ अधिकारीहरूसँग टेस्लाको फुल-सेल्फ ड्राइभिङ (एफएसडी) सफ्टवेयरको रोलआउटबारे छलफल गर्न सक्छन्। यसबाहेक मस्कले सफ्टवेयरको एल्गोरिदमलाई तालिम दिन चीनमा संकलन गरिएको डाटा विदेशमा स्थानान्तरण गर्ने स्वीकृतिबारे पनि छलफल गर्न सक्नेछन्। एफएसडीलाई टेस्लाका लाखौं ग्राहकहरूको कारबाट सङ्कलन गरिएका भिडियोहरूबाट तालिम दिइएको छ। टेस्ला अटोपायलट टोलीका सदस्य धवल श्राफले जटिल ड्राइभिङ परिस्थितिहरूमा वास्तविक मानव चालकहरूले कसरी काम गरे भन्ने बारे हामीले ठूलो मात्रामा डाटा प्रशोधन गर्छौं भनी बताउँछन्। टेस्लाले सन् २०२१ देखि सांघाईमा आफ्नो चिनियाँ फ्लीटबाट संकलन गरिएको डाटा भण्डारण गरेको छ र यसलाई अमेरिकामा हस्तान्तरण गरेको छैन। टेस्लाले चार वर्षअघि आफ्नो अटोपायलट सफ्टवेयरको सबैभन्दा स्वायत्त संस्करण एफएसडी शुरु गरेको थियो। ग्राहकको अनुरोधको बाबजुद पनि यो चीनमा उपलब्ध गराइएको छैन। यद्यपि, सोशल मिडिया प्लेटफर्म एक्समा एक प्रश्नको जवाफमामस्कले भनेका थिए कि टेस्लाले यस महिना चीनमा ग्राहकहरूलाई एफएसडी उपलब्ध गराउन सक्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement