बेटिङ साइट चलाएको र प्रमोट गरेको आरोपमा साहिल खान पक्राउ

actor-Sahil-Khan.jpg

मुम्बई: महादेव सट्टा एप मामिलामा मुम्बई क्राइम ब्राञ्चको एसआईटी टीमले शनिवार छत्तीसगढ़को जगदलपुरबाट अभिनेता साहिल खानलाई पक्राउ गरेको छ। उनलाई मुम्बई लगिएको छ। पुलिसका एक ठूला अधिकारीले आइतवार उक्त जानकारी दिए।

बम्बे हाई कोर्टमा अग्रिम जमानत याचिका खारेज भएपछि साहिललाई जगदलपुरबाट पक्राउ गरिएको हो। साहिल खानमाथि बेटिङ साइट चलाएको र प्रमोट गरेको आरोप छ। पुलिस सुत्रहरू अनुसार, बम्बे हाई कोर्टबाट अग्रिम जमानत नपाएपछि साहिल खान मुम्बई छोडेर भागेका थिए। लगभग ४० घण्टापछि पुलिसले उनलाई पक्राउ गरेको छ।

पुलिस अनुसार, साहिल खान र ३१ अन्य व्यक्तिहरू विरुद्ध जॉंच जारी छ। यस अन्तर्गत उनको ब्याङ्क खाता, मोबाइल फोन, ल्यापटप र अन्य तकनीकी उपकरणहरूको जॉंच गरिॅंदैछ। स्टाइल र एक्सक्यूज मी जस्ता फिल्महरूमा काम गरिसकेका साहिल खान फिटनेस विशेष हुन्। अभिनेतामाथि लायन बुक एप प्रमोट अनि कार्यक्रममा सहभागी बनेको आरोप छ। लायन बुक प्रमोट गरेपछि उनले पार्टनर लोटस बुक २४/७ एप लञ्च गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *