गुवाहाटी: गुवाहाटीमा एक कथित अन्तरराज्यीय वाहनन तस्करी र्याकेटकाे पर्दाफाश भएको छ। रिपोर्टका अनुसार उक्त गिरोह गुवाहाटीको हाटिगाउँ इलाकाबाट पक्राउ परेको हो। आरोप छ क उक्त गिरोहले लिज र भाडामा गाडी लिने गरथिए। त्यसपछि उनीहरूले यी गाडीहरु कथित रूपमा नागाल्याण्ड र अरुणाचल प्रदेशमा लगेर आफ्ना सम्पर्कहरूलाई बेच्ने गर थिए। सूचनाको आधारमा पुलिसले एक महिलासहित चारजनालाई पक्राउ गरेको छ। अभियुक्तहरुको पहिचान सादियाका अमित गुप्ता र गुवाहाटीका जियाबुर रहमान र मनिष क्षेत्रीको रूपमा रहेको छ। तीनै जनासँगै पक्राउ परेकी महिला चरदेव जिल्लाकी हुन्। पुलिसले थप अनुसन्धान गरिरहेको छ।