सेनेटरी प्याड भेण्डिङ मेशीन प्रदान

IMG_20220806_225107.jpg

पाकिम: माछोङ उच्चतर माध्यमिक विद्यालयलाई अल्पाइन बाइकिङ स्क्वाड (एबीएस) ले सेनेटरी प्याड भेण्डिङ मेशीन प्रदान गरेको छ। विद्यालयकी प्रधानाध्यापक सुष्मा तिवारीको उपस्थितिमा आज विद्यालयलाई मेशीन प्रदान गरियो।
मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिव छिरिङ वाङचुक लेप्चाको अनुरोधमा एबीएसले मेशीन प्रदान गरेको बताइएको छ। एबीएसले सिक्किम सरकारद्वारा शुरू गरिएका ‘बहिनी’ योजनाको सराहना गर्दै यस योजनाले विशेष रूपमा ग्रामीण क्षेत्रका कन्या विद्यार्थीहरूलाई फाइदा पुग्ने बताएको छ।
एबीएसलाई क्लबका अध्यक्ष एनएस थीङले अगुवाई गरेका थिए। क्लबले ग्रामीण क्षेत्रका आवश्यकमन्द मानिसहरूलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। क्लबमा ४० भन्दा धेर बाइकर सामेल रहेको बताइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *