बेतना सिमसार अनिर्णयको शिकार बन्यो

IMG-20240428-WA0008

नरेन्द्र बस्नेत

बेलबारी (नेपाल): मोरङको बेलबारी -४  स्थित बेतना सिमसार अहिले बेबारिसे अबस्थामा रहेको छ। ८ वर्षदेखि सो सिमसारकोब्यबस्थापन समितिको निर्बाचन हुनसकेको छैन। बेतना सिमसारलाई राजनीतिक अखडा बनाइएको भन्दै स्थानीयहरु लामो समयदेखि बिरोधमा छन्। सो वन उपभोत्ता समिति भित्र भइरहेको भ्रष्टचार र राजनीतिक हस्तक्षेपको विरोध गर्दै  स्थानीय संघर्ष समितिले ४ महिनाअघि सिमसारको कार्यलय र टिकट काउण्टरमा तालाबन्दी गरेको थियो। तालाबन्दीको डेढ महिनापछि संघर्ष समितिको बेवास्ता गर्दै बेलबारीका नगरप्रमुख दिलप्रसाद राईको उपस्थितिमा बेलबारीका राजनीतिक दलहरुले जबरजस्ती ताला फुटाए र राजनीतिक दलकै कार्यकर्ताहरु सम्मिलित छानबिन समिति बनाएर २४ फरवरी २०२४ (२०८० फागुन १२ गते)सम्म प्रतिवेदन बुझाउने जिम्मा दिए। सो म्याद सकिएको २ महिना बढी समय बितिसक्दा समेत न त छानबिन समितिको प्रतिबेदन आयो न त साधारणसभा नै तोकियो। राजनीतिक दलहरुको अर्कमण्यताका कारण बेतना सिमसारको अवस्था दिनहुँ अव्यवस्थित बन्दै गएको छ।

२०८० साल पुष १८ गते बन समितिको वार्षिक साधारणसभा तोकेर खुल्ला सत्र गरेर प्रतिवेदन सार्बजनिक नगरी निर्वाचन गराउने दलहरुको असफल प्रयासका बीच स्थानीयले विरोध गरेपछि साधारणसभा रोकिएको थियो। साधारणसभा रोकिएको ३ महिना बितिसक्दा समेत अर्को साधारणसभाको मिति तोक्न सकिरहेको छैन। पटक पटक राजनीतिक दलहरुले हस्तक्षेप गर्ने र निकास नदिने अवस्था सिर्जना भएपछि बेतना सिमसार अनिर्णयको बन्दी बनेको हो। यो सबै बेलबारीबासीहरुको साझा सम्पत्ति हो। साझा सम्पत्तिमा कहिले दलीय नाममा कहिले के नाममा दुहुनो गाई बनाएर ब्रम्हलुट गर्नेलाई कहिले सम्म छुट हुन्छ ? स्थानीयहरु प्रश्न गर्छन्। राजनीतिक दलले२४ फरवरी २०२४ (२०८० फागुन १२) मा हिसाब बुझाउने शर्तमा बनाएको हिसाब हेर्ने समितिले अहिले बेतना सिमसारबाट के के हरायो

बेतना सिमसारमा संरक्षित रुपमा राखिएका पशुपंक्षिहरु एकपछि अर्को गर्दै हराईरहेका छन्। तर अहिले सम्म न त हराएका पशुपंक्षि भेटिए न त चोरी शिकारीमा संलग्न व्यक्ति नै समातिए। बेतनाबाट माछा, कछुवा, निलगाई, २ वटा अजिंगर, २ वटा चित्तल अन्य चराचुरुंगी गायब भए। पर्यटकहरुका लागि राखिएको डुंगा एउटा कुनामा थन्किएका छन्l त्यहाँबाट के के हराए भनि त्यसको अझसम्म गणना छैन। ३ महिनाअघि संरक्षित  रुपमा राखिएको चित्तल खोरबाटै हरायो।  चित्तल खोजीका लागि सब डिभिजन बन कार्यलयले छानबिन समिति नै बनायो तर ३ महिनासम्म चोरीमा संलग्नको कुनै अत्तोपत्तो छैन। सब डिभिजन वन कार्यलयका प्रमुख दिपेश मिश्र चोरीमा संलग्न नभेटिएको र प्रतिवेदन चाँहि वन कार्यलयमा बुझाएको बताउँछन्। ८ बर्षसम्म बन्धक बनेको बेतना सिमसारको २४ फरवरी (फागुन १२ गते)सम्म हिसाब सार्वजनिक गर्न  राजनीतिक दलहरुले समिति बनाएका थिए, स्थानीय संघर्ष समितिले लगाएको ताला समेत फुटाइएको थियो। तर यतिका दिन हुँदासम्म न  हिसाब नै सार्बजनिक भयो, न साधारण सभा नै तोकियो। यहि बीचमा बेतनाबाट चित्तल समेत गायब भयो, छानबिन समिति पनि बन्यो तर चित्तल कसले चोर्यो, दैव जानुन तर छानबिन समितिले  जानेन। बेतना सिमसारमा संरक्षित रुपमा राखिएकै अवस्थामा चोरी भएको भाले चित्तल मात्र चोरी भएको होइन। यसअघि सोही ठाँउबाट अर्को पनि चित्तल चोरी भएको थियो। सो ठाँउबाट माछा, कछुवा समेत पटक पटक चोरी भएको थियो। यी सबै घटनामा एउटै सेक्युरिटी कम्पनिका सुरक्षा गार्डहरु कार्यरत रहेका छन्। यो अवस्थामा सेक्युरिटी कम्पनी र घटना भएका समयमा कार्यरत सबै गार्डहरुलाई अनुसन्धानको दायरामा ल्याउने हो भने चोरीमा संलग्न पत्ता लाग्ने सम्भावना बढी देखिन्छ।

माछा चोरी हुँदा पनि सुरक्षा गार्डले केही भित्री कुरा खोलेका थिए। त्यसबेला उनलाई नै कारबाही गरेर उनको आवाज दबाईयो। फेरि चित्तल चोरी भयो त्यो पनि सामसुम पारियो। समितिको ३ जनवरी (पुष १८ गते) बुधबार तोकिएको साधारणसभा रोक्न माग सहित उच्च अदालत अदालत मोरङमा  रिट दर्ता भएको थियो। बेलबारी ४ का हेमकुमार राईले बेतना सिमसार सामुदायिक वन उपभोत्ता समिति, निर्वाचन समिति, सब डिभिजन वन कार्यलय,जिल्ला वन कार्यलयलाई समेत विपक्षी बनाएर मुद्दा दर्ता गरिएको  थियो। यो विषयमा यहि १३ मई (वैशाख ३१ गते) पेशी समेत तोकिएको छ। हिसाब छानबिन गर्न बनेको समितिले समयमा हिसाब नबुझाएका कारण समितिको साधारणसभा तोक्न समय लागेको बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई बताउँछन्। हिसाब आएपछि छलफल गरेर समूहको साधारणसभा तोक्ने उनले प्रतिक्रिया दिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *