१ मईदेखि नेपालकाहरुलाई नियमित चिनियाँ भिसा नि:शुल्क

IMG-20240428-WA0010

झापा (नेपाल): चीनले आउदो १ मईदेखि नेपालका नागरिकहरुलाई नियमित भिसा नि:शुल्क दिने भएको छ। चिनियाँ दूतावासले  एक सूचना जारी गर्दै नियमितर्फको भिसा शुल्क तिर्नुनपर्ने जनाएको हो। जानकारी  अनुसार एक्सप्रेस-२ र एक्प्रेस-१ भिसाका लागि भने क्रमश: २ हजार ७ सय र ४ हजार रुपियाँ तिर्नुपर्नेछ। त्यस्तै समूहतर्फ एक्सप्रेस-२ र एक्प्रेस-१ भिसा क्रमश: १ हजार ३ सय ५० र २ हजार रुपियाँ तिर्नुपर्नेछ। तेस्रो अन्तर्राष्टिय लगानी सम्मेलनमा चाइना इन्टरनेसनल डेभलपमेन्ट कर्पोरेसन एजेन्सी (सीआईडीसीए) प्रमुख लुओ चाओहुईले १ मईदेखि लागू हुने गरी नेपाली नागरिकहरूलाई नियमिततर्फ भिसा शुल्क तिर्नु नपर्ने बताएका छन्।

त्यस्तै सम्बोधनका क्रममा उनले चीन-नेपाल सम्बन्ध थप उचाइमा पुग्ने पनि बताए। ‘चीन र नेपाल हातमा हात र कुममा कुम मिलाएर अघि बढ्छौं। नेपालको आर्थिक सामाजिक विकासमा चीनले निरन्तर सहयोग गर्दै आएको छ। यसमा थप सहयोग हुन्छ,’ उनले भने। प्रमुख लुओ चाओहुईको सम्बोधनलगत्तै चिनियाँ दूतावासले एक सूचना जारी गर्दै भिसा शुल्कसम्बन्धी नयाँ नीतिबारे जानकारी दिएको हो। सो सूचना नेपालका लागि चिनियाँ राजदूत छन् सोङले पनि एक्समा पोस्ट गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *