बागडोग्रा: बागडोगरा चित्तरञ्जन हाई स्कूल नजिकैको क्षेत्रमा फोहोरको थुप्रोमा आगलागी भएकाे छ। उक्त क्षेत्रमा आज स्थानीयवासीले फोहोरको थुप्रोमा आगो लागेको देखेको बताइएको छ। घना बस्तीमा आगो फैलिने डरले सनसनी मच्चिएको थियो। त्यसपछि घटनाको जानकारी वन विभागलाई दिइएको थियो। खबर पाएलगत्तै माटिगडा दमकलको इन्जिन पुगेर आगो नियन्त्रणमा लिएको थियो। यस सम्बन्धमा माटिगडा दमकलका अधिकृत युवराज क्षेत्रीले बेलाबेलामा आगलागीको खबर आउने गरेको बताए। उनले घना बस्तीमा फोहोरको थुप्रो नगर्न र नजलाउन सल्लाह दिए।