नेपालमा चिया तथा कफी निर्यातको विकल्प खोजिँदै

IMG-20240428-WA0005

झापा (नेपाल): राष्ट्रिय चिया तथा कफी विकास बोर्डले चिया निर्यातका लागि भारतीय बजारको विकल्प खोज्न  सुरु गरेको जनाएको छ। नेपाली चियाका लागि भारत निर्यातको सन्दर्भमा पटक पटक विवाद हुने गरेको छ, त्यसैले विकल्प खोज्न थाल आएको बताएको छ। कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले निर्यातमा देखिएको समस्यालाई चाँडो समाधान गरिने बताइन। बोर्डको अध्यक्षसमेत रहेकी मन्त्री साहले नेपालको निर्यात गर्ने बालीमध्ये चिया मुख्य बाली हो तर यसको निर्यातमा लामो समयदेखि विवाद रहेको बताउँदै यसका लागि आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गरेर यसलाई चाँडै समाधान गर्ने बताइन। मन्त्री साह शुक्रबार कीर्तिपुरस्थित बोर्डको कार्यालय पुगेकी थिइन। २८औँ राष्ट्रिय चिया दिवसको उपलक्ष्यमा शुक्रबार आयोजना गरेको प्रेस मीटमा बोर्डका निमित्त कार्यकारी निर्देशक दीपक खनालले नेपाली चियाको दिगो बजारीकरण गर्न अब भारतीय बजारको विकल्प खोज्न ढिलो गर्न नहुने बताए। भारत सरकारले आयातसम्बन्धी नीतिमा सानो परिवर्तन मात्रै गर्दा पनि नेपालको चिया क्षेत्रमा ठुलो हलचल आउने गरेको बताउँदै उनले भने, “केही हप्ताअघि मात्रै भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागु गरेर नेपाली चियाको निर्यात रोक्दा काँकडभिट्टाबाट जाँचपास भएर भारतीय सीमावर्ती पानीट्याङ्की नाका पुगेका १७ ट्रक तयारी चिया अलपत्र परेको थियो।”  राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, मेची भन्सार कार्यालय, चियाका वस्तुगत सङ्घसंस्थाहरू एवं व्यवासायीहरूको संयुक्त पहलमा तत्कालका लागि भारतीय अवरोध हटे पनि समस्या समाधान नभएको उनले बताए। उनले चीन, पाकिस्तान, रुस, अमेरिकालगायतमा निकासी भइरहेको नेपाली चियाको परिमाण बढाउन सके बजारीकरणका समस्या समाधान गर्न सकिने बताए। अमेरिका र चीनमा भएको विश्व चिया प्रदर्शनीमा नेपालको चिया उत्कृष्ट भएको र नेपालले पुरस्कार पनि पाएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *