खानेपानीको अभावले  काकाकुल  धरानवासी

IMG-20240428-WA0006

झापा (नेपाल): सुक्खा मौसम शुरु भएसँगै पूर्वी नेपाल स्थित धरानमा खानेपानीको अभाव खडकिएको छ। धरानमा खानेपानीको समस्या समाधानका निम्ति पटक–पटकका प्रयास सफल हुन सकेका छैनन्। अहिले सुक्खा मौसम शुरु भएसँगै खानेपानीको अभाव चर्को रुपमा बढ्दै गएको  छ। धरान उपमहानगरपालिका–१४ स्थित पिण्डेश्वर मन्दिर क्षेत्र आसपासका बासिन्दाले घण्टौं समय लगाएर धाराबाट खानेपानी बोकेर ल्याएर खानुपर्ने बाध्यता यथावतै छ। पछिल्लो एक हप्तादेखि पानी नआएपछि धरान उपमहानगरपालिका–३ मा धरान खानेपानी बोर्डसँग सहकार्यमा बुद्ध ढुवानी सेवाको ट्याङ्करको सहयोगमा तीन दिनदेखि पानी वितरण भइरहेको सो वडाका अध्यक्ष विद्या श्रेष्ठले द रिपब्लिक इण्डियनलाई बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *