चीन नेपाल हुँदै भारत जोड्ने भेरी करिडोरमा  पक्की पुल बन्दै

IMG-20240428-WA0007

झापा (नेपाल): भेरी करिडोरमा पर्ने तीनवटा स्थानमा पक्की पुल बन्ने भएका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मूल्य अभिवृद्धि करसहित ३६ करोड २४ लाख ८६ हजार सात सय लगानीमा तीनवटा पक्की पुल बन्न लागेका हुन्। रुकुम पश्चिम आठबीसकोट नगरपालिका र जाजरकोटको  नलगार्ड नगरपालिकाको सीमा क्षेत्रमा पर्ने तल्नुबगर, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-५ मा पर्ने खदाङ्ग, वडा नम्बर १ मा पर्ने छलगार्डमा पक्की पुल बन्न लागेको त्रिपुरासुन्दरी नगरपालिकाका नगर प्रमुख जनचन्द्र रोकायले बताए। तीनमध्ये दुइटा पुल भेरी नदीमा बन्नेछन् भने एउटा फुल खोलामा बनाइने छ। चितवन भरतरपुरस्थित वाइपी, एमआर जेविले निर्माणको जिम्मा लिएको तीनवटै पुलहरू ४२ महिनाभित्र काम सक्नुपर्ने प्रतिवेदमा उल्लेख गरिएको छ। तल्नुबगरमा रहेको पुलको निर्माण कार्य सुरु भइसकेको र खदाङ्ग र छलगार्ड खोलामा केही महिनाभित्रै काम सुरु हुने निर्माण कम्पनीले जनाएको छ। छलगार्ड खोलमा बनाउन लागिएको पुलको संक्षिप्त वातावरणीय अध्ययन प्रतिवेदनको सार्वजनिक सुनुवाइ कार्यक्रम  सम्पन्न गरिएको छ। जिल्लास्थित सरोकारवालाहरूको उपस्थितिमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा त्रिपुराकोटका स्थानीयले तल्नुबगर र रुपगार्ड खोलमा निर्माणाधीन जस्तै पुल निर्माणमा ढिलासुस्ती नहोस् भनेर चेतनात्मक सुझाव दिएका थिए। सार्वजनिक सुनुवाइ भए पनि आयोजनाका वातावरणीय प्रभाव मूल्याकंन प्रतिवेदन अझै स्वीकृत नभएको  बताइन्छ। सो पुल शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको संरक्षित मध्यवर्ती क्षेत्रमा पर्दछ। जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत पर्ने यस करिडोरले चीन नेपाल हुँदै भारत जोड्ने गर्दछ। यस सडकलाई प्रदेश महत्वको त्रिदेशीय व्यापारिक सडकका रुपमा समेत चिनिने गर्दछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *