मोटरसाइकलमा सल बेरिँदा २२ वर्षीया युवतीको मृत्यु

IMG-20240428-WA0004

झापा (नेपाल): मधेश  प्रदेश अन्तर्गत महोत्तरीको बर्दिवास जंगलमा मोटरसाइकल दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ। दुर्घटनामा उनकी आमा गम्भीर घाइते भएकी छन्। शनिबार बिहान करिब नौ बजे पूर्वपश्चिम राजमार्गमा पर्ने बर्दिबास नगरपालिका-५ टुटेश्वर जंगलमा सर्लाहीबाट महोत्तरीको बर्दिबास तर्फ जाँदै गरको प्रदेश २-०३-००७ प ३३६९ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो। दुर्घटनामा सर्लाहीको बागमती नगरपालिका- ४ कर्मैया निवासी २२ वर्षीया स्मृति कार्की रानाभाटाको मृत्यु भएको इलाका पुलिस कार्यालय बर्दिबासका डीएसपी रेवतीरमण पोखरेलले जानकारी दिए।

दुर्घटनामा उनकी आमा ५० वर्षीया उषा कार्की गम्भीर घाइते भएकी छन्। उनलाई बर्दिबासमा रहेको शुभस्वस्तिक अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि काठमाडौँ लगिएको डीएसपी पोखरेलले बताए।  ‘मोटरसाइकल छोरीले चलाएकी रहिछन्,’ डीएसपी पोखरेलले  भने, ‘पछाडि बसेकी आमाको सल मोटरसाइकलको पछाडीपट्टीको चक्कामा बेरिँदा घटना भएको देखिन्छ।’ सल मोटरसाइकलको पछाडिपट्टीको चक्कामा बेरिएर मोटरसाइकल अनियन्त्रित भई सडकमा ढलेपछि आमा-छोरी गम्भीर घाइते भएका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *