अलिपुरद्वारमा भीषण सडक दुर्घटनामा बाबुको मृत्यु, श्रीमती र छोराको अवस्था गम्भीर

IMG-20240428-WA0160.jpg

अलीपुरद्वार: भुटान सीमाना जोडिएको जयगाउँ क्षेत्रमा दर्दनाक सडक दुर्घटना भएको छ। मादारीहाटका हबिबुर रहमान नामक आइतबार दिउँसो श्रीमती र छोरासँग बाइकमा जयगाउँ आउँदै थिए।जयगाउँ मुख्य सडकमा ट्रकले धक्का दिँदा तीनैजना गम्भीर घाइते भएका थिए, उनीहरुलाई पुलिस र स्थानीयले उद्धार गरी लताबारी अस्पताल पुर्याए। हबिबुर रहमानको मृत्यु भएको थियो। उनका छोरा र श्रीमतीको अवस्था गम्भीर रहेको र अलिपुरद्वार जिल्ला अस्पतालमा रेफर गरिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *