अवैध रक्सी डिस्टिलरीविरुद्ध गाउँलेहरुले चलाए सशक्त अभियान

IMG-20240428-WA0148

उत्तर दिनाजपुर: उत्तर दिनाजपुर जिल्लाको चोपडाको माझियाली क्षेत्रका स्थानीय बासिन्दाहरूले अवैध रक्सी डिस्टिलरीहरू विरुद्ध अभियान शुरु गरेका छन्। मानिसहरूले रक्सी पसलमा तोडफोड, सडक अवरुद्ध र सडकमा आगो लगाएर विरोध प्रदर्शन गरेका छन्। गाउँमा लामो समयदेखि अवैध रूपमा रक्सी बनाइएको स्थानीय बासिन्दाको आरोप छ। चिया श्रमिकरहरुले रक्सी पिएर घरमा नै झगडा गर्ने र अत्याधिक रक्सी सेवनका कारण राति पनि यस क्षेत्रमा दुर्घटना भइरहेको बताइएको छ। त्यसैले आज गाउँवासीले एकजुट भएर सडक अवरुद्ध, रक्सी पसलमा तोडफोड र अवैध डिस्टिलरीमा आगो लगाएर विरोध गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement