टीएमसी सांसद सागरिका घोषद्वारा जेपी नड्डाको कडा आलोचना

photocollage_20244281435252

कोलकाता: तृणमूल कांग्रेसको राज्यसभा सांसद सागरिका घोषले भारतीय जनता पार्टी (भाजपा)का राष्ट्रिय अध्यक्ष जेपी नड्डालाई कडा आलोचना गरेकी छिन्l भाजपाका अध्यक्ष जेपी नड्डाले सन्देशखालीमा सीबीआईले हतियार बरामद गरेकोबारेमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीको सरकारको आलोचना गरेका थिए। सागरिका घोषले भनिन्, ‘जनतालाई डर देखाएर धम्की दिएर लोकसभा चुनाव जित्न चाहेको हो कि!’  जेपी नड्डाले सन्देशखालीबारे उठाएका प्रश्नमा सागरिका घोषले सन्देशखालीका सबै अभियुक्त पक्राउ परेको बताइन्। उनले भनिन्, ‘राज्य सरकारले आफ्नो काम गरिरहेको छ तर भाजपा आफ्नो राज्यमा अपराध नियन्त्रण गर्न सक्षम छ? नेशनल क्राइम रेकर्ड ब्यूरोका अनुसार महिलाविरुद्ध सबैभन्दा बढी अपराध हुने दुई राज्यहरू हरियाणा र राजस्थान हुन्। यी दुवै राज्यमा भाजपाको शासन छ। यी राज्यहरूमा भाजपा किन महिलामाथि हुने अत्याचार रोक्न सक्षम छैन?’ उनले हातरस घटनालाई लिएर भाजपामाथि हमला गर्नुका साथै बृजभूषण शरण सिंहलाई लिएर पनि भाजपामाथि प्रश्न उठाइन्।

About Author

Advertisement