जलपाईगुडीमा लीला कीर्तन हेर्न भक्तहरूको ठूलो भीड

IMG-20240428-WA0150.jpg

जलपाईगुडी: जलपाईगुडीमा आठ दिने लीला कीर्तन शुरु भएको छ। कीर्तन हेर्न पटकाटा कोलोनी क्षेत्रमा भक्तजनको भीड लागेको छ। सर्वजनिन श्री श्री तारकब्रह्म महानम यज्ञ समितिले अष्टांगिक लीला कीर्तन शुरु गरेको छ। विभिन्न ठाउँका लीला कीर्तन कलाकारहरुले राधाकृष्ण लगायत विभिन्न भेषभुषामा दर्शकहरुलाई मनोरञ्जन दिइरहेका छन्। दिनरात चल्ने यो लीला कीर्तन हेर्न टाढा टाढाबाट भक्तजन आउने गरेका छन्।

विगत केही वर्षदेखि यो हरिनाम संकीर्तन आयोजना गर्दै आएको आयोजकले बताए। कीर्तनमा आउने भक्तजनका लागि प्रसादको व्यवस्था गरिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *