ग्राहक बनेर महिलाको घाँटीबाट सुनको चेन खोसियो

IMG-20240428-WA0130

जलपाईगढी: ग्राहकबनेरआएका चोरले महिलाको घाँटीबाट सुनको चेन खोसेर फरार भए। जलपाईगढी नगरनिगमको वार्ड नम्बर १८ अन्तर्गत मुहुरिपाडा क्षेत्रमा शनिबार राति भएको यो घटनाले जलपाईगढीमा सनसनी मच्चियोl स्थानीय स्रोतका अनुसार साँझ दुईजना युवा स्थानीयवासी मिनाती पालको पसलमा आएर चुरोट मागे। वृद्धा पसले चुरोटको प्याकेट दिन जाँदा दुई जनामध्ये एक जनाले महिलाको घाँटीबाट सुनको चेन खोसेर भाग्यो। महिला शुरुमा स्तब्ध भइन् तर पछि कराउन थालिन्। तर त्यतिन्जेल अभियुक्त फरार भए। त्यसपछि पुलिस चौकीमा लिखित उजुरी दिइन्। स्थानीय पार्षदले घटनालाई लिएर सुरक्षामा प्रश्न उठाएका छन्। पसलमा आएर चुरोट मागेको मिनाती पाल नामकी पसलकी महिलाले बताइन्। उनले भनिन्, ‘म उसलाई चुरोट दिन गएँ, उसले मेरो घाँटीबाट चेन समातेर ताने। मैले उसको हात समाए तर उसले मेरो हातबाट छोडेर भाग्यो।‘ स्थानीय काउन्सिलर उत्तम बोसले उनका श्रीमानसँग यसअघि पनि यस्तो भएको बताए। ‘पुलिसले उचित अनुसन्धान गरी चेन बरामद गरी दोषीलाई कारबाही गरोस् भन्ने चाहन्छौं’, उनले भने।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *