सिलगढी: बिहारबाट आसाम र बंगलादेशमा तस्करी गर्नुअघि २० वटा गाई उद्धार गरिएको छ भने एक तस्करलाई पनि पक्राउ गरिएको छ। बिधाननगर मुरलीगञ्ज इलाकामा बिधाननगर थाना पुलिसले गएराति खोजीका क्रममा शंकास्पद दशचक्के लरीको जाँच गर्दा त्यसभित्र २० वटा गाई भेटियाे। लरीका चालकसँग गाईसँग सम्बन्धित कागजात माग्दा उनले उपलब्ध गराउन नसकेपछि उनलाई तत्काल पक्राउ गरिएको हो। उक्त दशचक्के ट्रक जफत गरिएको छ।

स्रोतका अनुसार पक्राउ परेका व्यक्ति आसामको गौरीपुर निवासी अमानुर हक हुन्। उनलाई आज सिलगढी महाकुमा अदालतमा पेश गरिएको थियो।