अत्याधिक गर्मीका कारण बाली नष्ट हुन थालेपछि जलपाईगढीका किसानहरू चिन्तित

IMG-20240428-WA0121

जलपाईगढी। जलपाईगढी जिल्लाको खरिया ग्राम पञ्चायतको दक्षिण विवेकानन्द गाउँमा चर्को गर्मीका कारण जुट खेती गर्ने किसानहरू समस्यामा परेका छन्। अत्याधिक गर्मीका कारण उक्त क्षेत्रका धेरै जमिनमा जुटका बोट सुक्दै गएको स्थानीय किसानले बताएका छन्। गर्मीका कारण कतिपय ठाउँमा जुटका साना बिरुवा ओइलाएको देखिन्छ। कृषकले पम्पिङ मेसिनबाट पानी उपलब्ध गराए पनि त्यसबाट खासै फाइदा लिनसकेको छैन।

अत्याधिक गर्मीका कारण बिरुवालाई पानी हाल्नु पर्ने भए पनि गर्मीले अन्य बालीसँगै जुटका रुख पनि मर्न थालेको दक्षिण विवेकानन्द गाउँका स्थानीय किसान दिलीप मण्डलले बताए। अहिले कृषकलाई वर्षाको ठूलो खाँचो छ। पानी नहुँदा बाली नष्ट हुन थालेको छ। केही दिनको चर्को गर्मीका कारण साना जुटका रुखहरु सुक्दै गएका छन्। जुट राम्रो नभएको हुनाले अवस्था धेरै खराब हुने बताएका छन्। दक्षिण विवेकानन्दपल्लीका अर्का स्थानीय कृषक शंकर सरकारले जुट खेतीमा मात्रै नभई अन्य तरकारी खेतीमा पनि समस्या भोग्दै आएको बताए। अत्याधिक गर्मीका कारण जुटका बिरुवाहरु मरिरहेका छन्, यस बाहेक अन्य तरकारी झिंगा, पटवाल, करेला, लडीफिङर, हरियो खुर्सानी सबैलाई पर्याप्त सिँचाइ चाहिन्छ। यो समयमा भारी वर्षा भएन भने समस्या थपिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement