जीवनमा विभिन्न समस्याहरू अनि आपसी सद्भावको कमीका कारण धेरै मानिसहरूले तनाव र अवसाद महसुस गरिरहेका हुन्छन्। उचित सहयोग र परामर्शको अभावमा निराशाको शिकार हुन्छ। कहिलेकाहीँ मान्छे अरुमा यति आश्रित हुन्छ, सबै कुरालाई आफ्नो ठान्छन् र उनीहरुबाट ठूलो अपेक्षा राख्न थाल्छन्l तर जब उसको उपेक्षाहरु ती व्यक्तिले पूरा गर्दैनन् तब उसलाई सारा संसार पराय लाग्न थाल्छl उसलाई कहिलेकाहीँ यस्तो पनि हुन्छ कि मानिसले केही गर्न चाहन्छ, अगाडि बढ्न चाहन्छ तर उसको बारेमा कसैले के भन्लान् वा मानिसहरूले के सोच्छन् भन्ने कुरा मनमा विभिन्न किसिमका आशंकाहरू खेल्न थाल्छन्। यो सोचेर व्यक्तिले आफ्नो कदम फिर्ता लिन्छ। उसमा केही गर्ने हिम्मत हुँदैन यदि मानिसले केही कुरामा गम्भीरतापूर्वक ध्यान दियो भने आउने समस्याबाट बच्न सकिन्छ:-
अरूलाई प्रचार गर्नुको सट्टा आफूमा ध्यान केन्द्रित गर्नुपर्छ। बोल्नमा खर्च गर्ने ऊर्जा मौन बसेर बचत गर्न सकिन्छ। त्यसैले सकेसम्म कम बोल्ने प्रयास गर्नुपर्छ। मानिसले समय र परिस्थितिअनुसार आफुलाई परिवर्तन गर्नुपर्छ। अरूबाट अपेक्षाहरू कम गर्नुपर्छ, चाहे उनीनीहरू दाजुभाई, साथीहरू वा आफन्तहरू नै किन नहोस्। जब कसैले गुनासो गर्छ, ती व्यक्तिको अनुहार सम्झनु पर्छ जसले एक पटक तपाईंको कुनै कुरामा प्रशंसा गरेको थियो। तपाईंले ती व्यक्तिसँग कडाइका साथ व्यवहार गर्नुपर्छ र सधैं तगुनासो र आलोचना गर्ने व्यक्तिबाट टाढा रहनुपर्छ। आफूसँग भएका स्रोतहरू प्रयोग गर्नुपर्छ। सधैं व्यस्त रहनुपर्छ किनभने निष्क्रिय दिमाग शैतानको घर हुन्छ। कुनै पनि कुरामा अनावश्यक हस्तक्षेप गर्नु हुँदैन, बलपूर्वक आफ्नो विचार अरूमाथि थोप्नु हुँदैन। सधैं भविष्यको बारेमा सोच्नुपर्छ। के गयो भनेर कहिल्यै नसोच्नु किनकी जो हिड्दा ठेस खान्छ उसले फर्केर हेर्छ। सधैं आफ्नो बोली नियन्त्रण गर्नुपर्छ। आत्म-अध्ययन र ईश्वरको चिन्तन गर्नुपर्छ। यसले बाँच्ने शक्ति दिन्छ। आफ्नो जिम्मेवारी पूर्ण निष्ठाका साथ पूरा गर्नुपर्छ। अरूको भनाइ वा सोचाइमा अलिकति पनि ध्यान दिनु हुँदैन। सधैं खुशी बस्नुपर्छ अनि अरूलाई पनि खुशी राख्नुपर्छ। आफ्नो उमेर कहिल्यै महसुस गर्नु हुँदैन। यसले निराशा बढाउँछ।