लखनऊ: राजस्थान रोयल्स विरुद्ध आईपीएल २०२४-को म्याचमा ७ विकेटले पराजित भएपछि लखनऊ सुपर जाइण्ट्स (एलएसजी)-का कप्तान केएल राहुलले पहिला ब्याटिंग गर्दै २०-२५ रन कम्ती बनाएको स्वीकार गरे। म्याचमा एलएसजी-ले पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाएर १९६ रन बनायो तर रोयल्सले पनि एक ओभर बाँकी रहँदै ७ विकेटले म्याच जित्यो। म्याचपछि राहुलले भने, हामीले २०-२५ रन कम्ती बनायौं। हामीलाई असल शुरुवात प्राप्त भएन तर मैले र (दीपक) हुड्डाले असल पार्टनरशीप गऱ्यौं। क्रीजमा समय बिताइसकेका ब्याटरहरूले ५०-६० रनको स्कोरलाई शतकमा परिणत गर्ने आवश्यकता थियो।यसबाहेक राजस्थानले अन्तिम केही ओभरहरूमा असाधारण बलिंग गऱ्यो। स्पिनर रवि बिश्नोईलाई ढिलो गरी आक्रमणमा लगाउने विषयमा राहुलले भने, हामीले बिश्नोईको प्रयोग अन्तिम ओभरहरूमा गर्ने सोचेका थियौं तर उनीहरूले हामीमाथि दबाउ कायम राखे। यसैकारण हामीले उनलाई आक्रमणमा लगाउने सही समय बुझ्न सकेनौ अनि उनी बलिंग गर्न आउँदा म्याच हातबाट उम्किसकेको थियो। हामी उनलाई रोवम्यान पावेल र शिमरोन हेटमायर विरुद्ध आक्रमणमा लगाउन चाहन्थ्यौं।
म्याचको कुरा गर्दा इकाना स्टेडियममा शनिवार राति टस हारेर पहिला ब्याटिंग गर्दै एलएसजी-ले ५ विकेटमा १९६ रन बनायो। क्विण्टन डी कक (८) र गत म्याचमा शतक बनाउने मार्कस स्टोइनिस (शून्य)-लाई शुरुमै गुमाएपछि कप्तान राहुल र दीपक हूड्डाले अर्द्धशतकको साथ ईनिंग्सलाई सम्हाले। राहुलले ८ वटा चौका र २ वटा छक्काको साथ ४८ बलमा ७६ रन बनाए। यसरी हूड्डाले ७ वटा चौकाको सहायताले ३१ बलमा ५० रन बनाए। राहुल र हूड्डाले तेस्रो विकेटको निम्ति ११५ रनको पार्टनरशीप गरे। अयुष बडोनी १८ र क्रुणाल पाण्ड्या १५ रनमा अविजित रहे। रोयल्सका बलरहरूा सन्दीप शर्माले सर्वाधिक २ विकेट लिए। जवाफमा रोयल्सले कप्तान सञ्जु सेमसन (अविजित ७१ रन) र ध्रुव जुरेल (अविजित ५२ रन)-को अर्द्धशतकको सहायताले ३ विकेटमा १९९ रन बनाएर म्याच जित्यो। केवल ७८ रनमा ३ विकेटको पतनपछि सेमसन र जुरेलले चौथो विकेटको निम्ति १२१ रनको अटूट पार्टनरशीप गरी टीमलाई जीत दिलाए। सेमसनले ३३ बल खेलेर ७ वटा चौका र ४ वटा छक्का लगाए। यसरी जुरेलले ३४ बल खेलेर ५ वटा चौका र २ वटा छक्का लगाए। यी दुई बाहेक जोस बटलरले ३४ र यशस्वी जयसवालले २४ रनको योगदान दिए। यस जीतको साथै रोयल्सले ९ वटा म्याचमा १६ पोइण्ट्सको साथ शीर्ष स्थानमा रहेर प्लेअफ्-मा लगभग स्थान पक्का गऱ्यो। यसरी लखनऊको टीम ९ वटा म्याचमा चौथो हारको साथ चौथो स्थानमा कायम रह्यो।